२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताउनु भयो । मधेसमा खानेपानीको पनि हाहाकार रहेको बतउनु भयो । रोपाईं गरिएका खेतहरुमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रवारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरु धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’

मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताउनु भयो ।