२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीमा धेरै थकान हुँदा प्रदर्शन राम्रो भएनः प्रशिक्षक याम गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् ।

बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गुरुङले अन्तिम खेलमा जित्नैपर्ने दबाब र पाँच वटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए । धेरै राम्रो रहेको बंगलादेशको टोलीविरुद्ध खेल्दा आफ्ना खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङको भनाइ छ । विपक्षी आपूmहरू भन्दा बिल्डअपमा धेरै राम्रो रहेकाले सेट सिपमा ध्यान दिएर खेले पनि त्यसमा सफल नभएको प्रशिक्षक गुरुङ बताउँछन् ।

निर्णायक खेलमा घरेलु टोली बंगलादेशसँग ४–० ले सहजै पराजित हुँदा नेपाली टोली चार राष्ट्र रहेको च्याम्पियनसिपमा उपविजेतामा नै सीमित भएको थियो । प्रशिक्षक गुरुङले विपक्षी टोलीसँग सातजना राष्ट्रिय टोलीको सदस्य रहँदा उनीहरू त्यसको सदुपयोग गरेको पनि उल्लेख गरे । बंगलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको उनको बुझाइ छ । उनले ट्याक्टिल समस्याभन्दा पनि थकान हुँदा मसल टाइट भएपछि राम्रोसँग खेल्न नसकेको दाबी गरे । उपाधिविहीन भए पनि ठूलो दर्शकका माझ कसरी खेल्ने भन्नेबारे खेलाडीले सिकेको प्रशिक्षक गुरुङले बताएका छन् ।

उनले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मिया, सेनु परियार र सिमरन राई जस्ता खेलाडी छिट्टै राष्ट्रिय टोलीमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि, पूर्णिमाले पहिलो तीन खेलजस्तो अन्य खेलमा प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशसँगको पहिलो खेलमा बराबरी हुने खेल गुमाउने परेको उल्लेख गरे । राम्रोसँग आराम गर्न नपाउँदा खेलाडीहरू थकित भएकाले सोचेअनुरूप नतिजा आउन नसकेको उनी बताउँछन् । त्यहाँको मौसम र खानपानले गर्दा पनि खेलाडीहरूको लागि सहज नभएको प्रशिक्षक गुरुङले उल्लेख गरेका छन् ।