२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने अपेक्षा



अ+ अ-

एजेन्सी । युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्ति वार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बीचमा आएको छ ।

सफलताको अपेक्षा कम छ । यसअघि दुवै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको युद्धको अन्त्यमा सहमति हुन सकेन ।

क्रेमलिनले बुधबार उपस्थित हुने कुरा स्पष्ट रूपमा पुष्टि गरेको छैन, तर यदि त्यसो भयो भने कुनै ‘चमत्कारी सफलता’ को अपेक्षा नगर्न चेतावनी दिएको छ ।

द्वन्द्व अन्त्य गर्नका लागि दुवै पक्षको स्थिति एकदमै फरक छ । रुसले युक्रेनलाई सन् २०२२ सेप्टेम्बरमा कब्जा गरेको दाबी गर्ने चार युक्रेनी क्षेत्रबाट प्रभावकारी रूपमा पछि हट्न आह्वान गरेको छ । उक्त मागलाई किएभले अस्वीकार्य भनेको छ ।

युक्रेनले युद्धविराम नभएसम्म ती क्षेत्रका बारेमा कुनै पनि वार्तालाई अस्वीकार गरेको छ र सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियासहित कब्जा गरिएको क्षेत्रमा रुसको दाबीलाई कहिल्यै मान्यता नदिने बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको रुसको पूर्ण स्तरको आक्रमणले पूर्वी र दक्षिणी युक्रेनका केही भागलाई विनाश पारेको छ र दशौँ हजार सैन्य र नागरिकको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुई पक्षले कैदीहरूको रिहाइबारे छलफल गर्ने र आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बैठकको तयारी गर्ने आशा व्यक्त गर्नुभएको छ ।

सन् २०१९ मा अन्तिम पटक भेटेका पुटिन र जेलेन्स्कीसँग सम्भावित वार्ताका बारेमा छलफल हुनअघि ‘धेरै काम’ गर्नुपर्ने मस्कोले बताएको छ ।

युक्रेनका पूर्वरक्षामन्त्री एवं वर्तमान सुरक्षा परिषद्का सचिव रुस्तम उमरोभले आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने युक्रेनले जनाएको छ । क्रेमलिनले आफ्नो वार्ता टोलीको नेतृत्व गर्न राजनीतिक वैज्ञानिक भ्लादिमिर मेडिन्स्की पठाउने बताएको छ ।

अघिल्लो दुई चरणको वार्ताको नेतृत्व गर्नुभएका मेडिन्स्कीलाई शक्तिशाली निर्णयकर्ताका रूपमा हेरिएको छैन र युक्रेनले उहाँलाई कठपुतलीका रूपमा वर्णन गरेको छ ।

मे १६ र जुन २ मा भएको अन्तिम वार्तामा दुवै पक्ष ठूलो मात्रामा कैदी आदानप्रदान गर्न सहमत भएका थिए ।

तिनीहरूले द्वन्द्व अन्त्य गर्नका लागि आफ्ना मस्यौदा सर्तहरू पनि आदानप्रदान गरेका थिए । उक्त मस्यौदालाई क्रेमलिनले ‘पूर्णतया विपरीत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘५० दिन’ दिनुभएपछि सम्भावित वार्ता आएको हो ।

रुसले हालैका हप्ताहरूमा युक्रेनी सहरहरूमा आफ्नो बमबारी बढाएको छ र युद्धको मोर्चाका विभिन्न क्षेत्रहरूमा प्रगतिको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत महिना दुवै पक्षलाई वार्तामा ‘ढोका बन्द नगर्न’ आह्वान गर्नुभएको थियो ।