२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेटर अफ एक्सेन्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिने



अ+ अ-

काठमाडौँ । सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयनसम्बन्धी चीन सरकारसँग ‘लेटर अफ एक्सेन्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आज पत्रकार सम्मेलनमार्फत यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

उहाँले साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेवल ट्रान्सफमेसन अफ एग्री–फुड सिस्टमस् इन’ साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय रहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री गुरु«का अनुसार यही साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन रिड्युसिङ फुड लस एण्ड वेस्ट’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेन्ड युनाइटेड नेसनल ‘फुड सिस्टम समिट स्टकटेक’ (युएनएफएसएस प्लस ४) मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, साउन ६ गते नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भारतीय सेनाले आयोजना गर्ने १३४औँ ‘एडिसन अफ डुरन्ड’ कप फुटबल टुर्नामेन्टको ओपनिङ सम्मेलन र नेपाली सेनाको फुटबल टिमको साउन ७ र ८ गते हुने ‘ओपनिङ म्याच’मा सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने, नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने सरकारका निर्णय रहेका छन् ।

यसैगरी, साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औँ ‘मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाकटिङ पार्टिइज् टु द कन्भेन्सन अन वेटल्यान्डस कप’ मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने, नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले यही साउन २ गतेदेखि लागू हुनेगरी पेस गर्नुभएको स्वच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो ।