२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्स वा किस गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ । कोरोना भाइरस विश्वका ८० देशमा फैलिइसकेको छ । आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?

कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ ।

तर द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जारी गरेको सूचनामा पीडितभन्दा ६ फिट टाढा रहनुपर्ने उल्लेख छ ।

बस, रेल या कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ । हङकङको सेन्टर फर हेल्थले एक बौद्ध मन्दिरमा आएका केही श्रद्धालु यसैकारण कोरोना संक्रमित भएको बताएको छ ।

कुनै कोरोना पीडित व्यक्ति आफैंले हातले खाना खाएको वा कम ठाउँमा धेरै मानिस खाना खान जम्मा भएमा पनि कोरोना भाइरस फैलिने खतरा हुन्छ । यद्यपि तातो खानामा कोरोना भाइरस निष्क्रिय हुनसक्छ ।

विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग होइन ।

त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन । तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुनजान्छ । पीडित व्यक्तिलाई किस गरेको खण्डमा कोरोना भाइरस सर्ने अधिक सम्भावना हुन्छ । एजेन्सी