२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा एकै ठाउँमा दिदीबहिनीको शव फेला



अ+ अ-

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ । उनीहरु सहोदर दिदीबहिनी हुन् ।

बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दिदीबहिनीको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन् । उनीहरू सहोदर दिदीबहिनी भएका प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने सातबजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ ।

डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।




भर्खरै