२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल टिमकी कप्तान साम्बा सम्मानित



अ+ अ-

लमजुङ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित हुनुभएको छ ।

आज गृह पालिका मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा आयोजित सम्मान तथा मस्र्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

उहाँले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको भनाइ छ । पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताउनुभयो । यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न पे्ररणा मिल्ने उहाँको भनाइ छ । गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ ।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्नुभएको छ । भण्डारी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्ने गर्नुहुन्छ ।

नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढ्नुभएको छ । भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने भएको छ । यसअघि युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध हुनुभएको थियो । रासस