२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट भाषणअघि मात्रै हतार–हतार १२२ विद्युतीय गाडी छुटाइयो



अ+ अ-

वीरगन्ज । भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ। सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले जेठ १४ सम्म एमजीका १ सय २० र कियाका दुई गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लगेको जानकारी दिए। उनका अनुसार एमजीका वैशाख १५ मा १५, १६ मा ३०, जेठ ५ मा ७५ र जेठ १४ मा कियाका दुई विद्युतीय गाडीको भन्सार जाँचपास गरिएको हो। पेट्रोल र डिजेलबाट चल्ने ६० वटा गाडी भने जाँचपास नगराएका कारण भन्सार परिसरमा थन्किएका छन्। उनले नयाँ बजेटमा भन्सार महसुल बढ्ने अनुमान गरेका आधारमा त्यसअगावै विद्युतीय गाडी जाँचपास गराएर लगेको हुन सक्ने बताए। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणभन्दा पहिले विद्युतीय गाडीमा भन्सार शुल्क १० प्रतिशत र भ्याट १३ प्रतिशत लाग्थ्यो। अन्तःशुल्क लाग्दैनथ्यो।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा ८० प्रतिशतसम्म भन्सार लाग्ने उल्लेख छ। गाडीको क्षमताअनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरिएको छ। ‘विद्युतीय गाडीमा पहिले भन्सार शुल्क र भ्याट गरेर मूल्यको २२ देखि २४ प्रतिशत मात्रै राजस्व तिर्नुपथ्र्यो’, उनले भने, ‘तर, अब गाडीको मूल्यको १ सय २५ प्रतिशतसम्म राजस्व तिर्नुपर्ने अवस्था देखिन्छ।’ एमजी र कियाको एउटा विद्युतीय कारको मूल्य नेपालमा ५० देखि ५५ लाख रुपैयाँ पर्छ। नयाँ बजेटपछि अब एउटा विद्युतीय गाडी आयातमा पहिलेभन्दा झन्डै ४५ लाख रुपैयाँ बढी राजस्व लाग्ने भएको भन्सारका कर्मचारी बताउँछन्।

यही सूचना अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत गर्नुभन्दा पहिले नै आयातकर्ताले पाएका कारण त्यसअगावै धमाधम जाँचपास गराएर भिœयाएको आशंका गरिएको छ। ‘बजेट भाषणअगावै एउटा विद्युतीय गाडी भित्र्याउँदा आयातकर्तालाई कम्तीमा पनि ४५ लाख रुपैयाँ फाइदा पुगेको छ’, भन्सारका एक कर्मचारीले भने, ‘१ सय २२ वटा गाडीमा झन्डै ५५ करोडजति रकम राजस्व नास भएको छ।’

कोभिड–१९ का कारण देशभर लकडाउन छ। कुनै पनि गाडीका सो रुम खुलेका छैनन्। गाडी कारोबार पनि भएको छैन। महिनौंदेखि जाँचपास नगराई भन्सारमै थन्क्याएर राखिएका विद्युतीय गाडी नयाँ बजेट आउनुअघि मात्रै आयातकर्ताले धमाधम भन्सार छुटाएर लग्नुमा सरकार र आयातकर्ताको मिलेमतो रहेको ती कर्मचारीले बताए। ‘नयाँ बजेटमा भन्सार शुल्क बढ्ने अनुमान थियो भने आयातकर्ताले भन्सारमा होल्ड गरिएका सबै प्रकारका गाडी छुटाएर लग्थे’, ती कर्मचारीले भने, ‘तर, बजेट भाषणअघिका दिनमा इन्धनले चल्ने गाडी एउटा पनि जाँचपास भएको छैन। आयातकर्ताले विद्युतीय गाडी मात्रै धमाधम जाँचपास गराएर लगे, एउटा पनि छोडेनन्।’ अन्नपुर्णपोष्ट दैनिक