२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क’



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।

ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिनुभयो ।

हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तलर पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुन:निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् । बालबालिकालाई रमाउनरखेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।

नगरप्रमुख गिरीले भन्नुभयो, “ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणहरुलाई द्रुत रुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ । यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको छ । बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुन: थप रु तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवद्र्धन हुने छ ।”

नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।

यसैबीच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणको हालै अनुगमन गर्नुहुँदै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गर्नुभयो । उहाँले भन्नुभयो, “यो काम नगरपालिका र मेरो व्यक्तिगत प्रतिष्ठासित पनि गाँसिएका हुँदा निर्धारित समयभित्र गुणस्तरीय काम गरेर पार्कमा घुम्न आउनेलाई आहा ! पार्क हुनु त यस्तो पो बनाउनु पर्छ ।”

तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशवशम्शेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं २०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ । विसं २०७२ वैशाखको विनाशकारी  भूकम्पले त्रिभुवनकोे सालिक पोखरी नजिकै छेउमा ढलाएकोे थियो । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो । विसं २०३०/३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको थियो । रासस




भर्खरै