२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाः सुरुङ फिनिसिङ सकियो, अब सुरुङको परीक्षण तयारी



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । सरकारले मेलम्ची पहिलो र दोस्रो चरणका लागि पाँच अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । जस अनुसार दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङमा मिसाइने छ ।

मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ लाख लिटर काठमाडौँ उपत्यकामा आउने छ । दोस्रो चरणको आयोजना अन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्ची सुरुङ मार्गमा मिसाइने छ । जसमा याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी थप हुनेछ । याङ्ग्री र लार्के खोलाको पानी मिसाएपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी आउनेछ । गोरखापत्र दैनिक