१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १ गतेबाट पठनपाठन सुरु हुने



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी १ असारबाट पठनपाठन सुरु हुने बताएका छन् । मन्त्री पोखरेलले आइतबार एक  विज्ञप्ति  जारी गर्दै विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।

शिक्षामन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७७ जारी गरिएको छ । यस सन्दर्भमा सो निर्देशिकालाई यही १ असार २०७७ देखि कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।,

  कोरोना भाइरसका कारण चैत्र १० गते देखी देशभर पठनपाठन अवरुद्ध भएको थियो ।