१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो



अ+ अ-

काठमाडौं । आइतबार नेपालमा थप १ सय ६६ जनामा कोरोना पोजेटिभ देएिको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना छन् ।

त्यस्तै सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोशी अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो । आइतबार संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३५, प्रदेश नम्बर २ मा ५ सय १९, बागमती प्रदेशमा १४ र गण्डकी प्रदेशमा २० जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ९, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा २० जना गरी १ हजार ३ सय ४९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

पीसीआर विधिबाट अहिलेसम्म ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै देशभर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्रा देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा कुल ३ हजार ५ सय ३६ जना, प्रदेश नम्बर २ मा १९ हजा ९ सय ८३ जना, बागमती प्रदेशमा २ हजार ४ सय २३, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४, प्रदेश ५ मा ३५ हजार, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ र सूदुरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् ।