१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले हाम्रो स्रोत के हो भन्ने कुरालाई महत्व दिएको छ : पौडेल



अ+ अ-

नेपाल कम्यनिष्ट पार्टीका महासचिव विष्णु पौडेललले बजेटले आजको चुनौती र भोलीको सम्भावनालाई आत्मसाथ गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले बजेट यथार्थपरक रहेको बताएका हुन् ।

‘बजेटले हाम्रो स्रोत के हो भन्ने कुरालाई महत्व दिएको छ। यसले आन्तरिक राजस्वलाई आफ्नो स्रोतको मुख्य आधार मानेको छ,’ उनले भने, ‘बजेट यथार्थ परक छ। यसको निश्चित लक्ष्य छ। बजेटले स्पष्टसँग नागरिकको जीवन रक्षालाई महत्वपूर्ण मुद्दा बनाएको छ।’ 

आर्थिक पुनरुत्थान, विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, स्वाधिन, समुन्नत र समाजवाद उन्मुख राष्ट्र निर्माण बजेटको मुख्य लक्ष्य भएको उनले बताए। 

बजेटका चुनौतीहरु रहेको भन्दै उनले चुनौती सामना गर्ने आँट गरेर मात्रै समाजलाई अघि बढाउन सकिने बताए। बजेटको प्रभावकारी कार्यान्वयले आजको चुनौती सामना गर्न र समाजवादतर्फ अगाडि बढ्न सहयोग पुग्ने उनको भनाई थियो।