२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताउनुभएको छ ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताउनु भयो । दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिवन्ध नभए पनि नेताहरुलाई जेल हाल्नुभएको स्मरण गर्नुभयो । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध । अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिवन्ध नभए पनि प्रतिवन्ध त लागेकै थियो, नेताहरुलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने ति काम त मान्छेलाई, नेताहरुलाई मुद्दा लगाउनका लागि एउटा शाही छानविन आयोग की के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो । यो भन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने । यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो ।’

प्रधानमन्त्री ओलीले विपी कोईरालाका धेरै आयामहरु रहेको बताउनु भयो ।