२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रंगशाला बनाउन छलफल



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुुलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्र्नुभएको हो ।

सो नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ । उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा रहेको छ ।

छलफलमा नगरपालिकाका प्रमुुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत हुनुुहुुन्थ्यो