२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न नुसानको हेरिटेज वाक



अ+ अ-

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुरमा रहेका सम्पदाहरुको प्रवद्र्धन गर्न नेपाल–युएस एलुम्नाइ नेटवर्क (नुसान) ले हेरिटेज वाक अर्थात् सम्पदा यात्रा आयोजना गरेको छ ।

नयाँ पुस्तालाई यहाँको सास्कृतिक महत्वबारे जानकारी दिन सम्पदा यात्रा गरिएको हो ।

यात्रामा नेपालबाट अमेरिकामा अध्ययन, तालिम तथा विभिन्न विषयगत अनुभव हासिल गरेका युवा प्रतिनिधिहरुको सहभागिता थियो ।

कीर्तिपुर नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा सहभागिहरुलाई नगरप्रमुख कृष्णमान डंगोलले स्वागत गरेका थिए ।

यात्रामा अमेरिकी सरकारको एक्सचेन्ज कार्यक्रमबाट लाभान्वित करिव ४५ जनाको सहभागिता थियो ।

कार्यक्रमले कीर्तिपुरको समृद्ध सांस्कृतिक इतिहास र सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो। सहभागीहरूले वाघ भैरव मन्दिर, जोशी नानी, चिलञ्चो बिहार, देव पोखरी र उमामहेश्वर मन्दिर लगायत पाँचवटा प्रमुख स्थलको भ्रमण गरेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका सम्पदाहरूको प्रवद्र्धनमा यस्ता गतिविधिहरूले सृजनात्मक भूमिका खेल्ने बताए । उनले यो पदयात्रा नेपालको सम्पदालाई नयाँ ढंगले देखाउने सार्थक प्रयास रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सको उपस्थिति रहेको थियो । उनले अमेरिकाको पूर्वविद्यार्थी सञ्जालमार्फत् दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने काममा नुसानको भूमिका उल्लेखनीय रहेको बताउँदै जनस्तरको कूटनीति सुदृढ पार्न नुसान जस्ता सञ्जालहरू आवश्यक रहेको स्पष्ट पारे ।

विभिन्न सम्पदाहरुको अवलोकन पश्चात् समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्ण मान डंगोलले कीर्तिपुरलाई खुला संग्रहालयको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । आफुहरु नगरको सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा निरन्तर क्रियाशील रहँदै आएको र सरकार, संघसंस्था र स्थानीयवासीको समन्वयमा पर्यटनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ पार्ने लक्ष्यमा स्थानीय सरकार रहेको बताए ।

कार्यक्रमको समापनमा नुसानकी अध्यक्ष प्रविणा अमात्यले सम्पदाप्रतिको सराहना नै संरक्षणको पहिलो पाइला भएको बताउँदै सहभागी सबैलाई धन्यवाद दिइन् । उनले हेरिटेज वाकले नेपालको इतिहास मात्र नभइ देशको पहिचानका लागि महत्वपूर्ण मानिने आधारस्तम्भ कायम भएको बताएकी थिइन । कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुति र समय बजीको परिकार समेत प्रस्तुत गरिएको थियो ।




भर्खरै