२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ ।

एक वर्षिय बालकदेखि ५२ वर्षियसम्मका सदस्यहरु बेपत्ता भएका हुन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएको बताइएको छ ।

प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताइन्छ ।

प्रहरीले उनीहरूको नाता, सम्बन्ध भएको सबै ठाउँमा खोजी कार्य गरिरहेको छ ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा १–२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरी बताउँछ ।

स्थानीयका अनुसार घरमा रहेका पशुचौपाया सुरक्षित नै रहेका छन् ।