१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हव अस्पताल पूर्ण क्षमतामा चलाउन मन्त्री ढकालकाे निर्देशन



अ+ अ-

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काेविड१९ काे उपचारका लागि पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालहरूलाई निर्देशन दिनुभएको छ ।

हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो ।

केही दिनदेखि उपचारका बारेमा गुनासोहरू समेत सुनिएको भन्दै मन्त्री ढकालले कुनै पनि गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभयो । एकले अर्कोलाई गुनासो गरेर बस्ने समय नरहेको भन्दै मन्त्री ढकालले योजना अनुसार पूर्ण क्षमतामा काम गरेर अब्बलता देखाउन अस्पतालका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

उहाँले सूचना प्रणाली समेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले नीति, निर्देशिका, कार्यबिधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो ।

कुनै पनि अस्पतालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ढकालले मानवश्रोतको परिचालन सबन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्व तयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिनुभयो । उहाँले बिरामी रिफरका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, विरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घाराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुंगेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा गुणराज लोहनी लगायत सहभागी हुनुहुन्थ्यो ।