२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किएपछि…



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् ।

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार बा.२ झ १४१९ र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेको से.१ झ ३३० नंम्बरको गाडी एक आपसमा ठोक्किएका हुन् ।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र सार्की पनि त्यसतर्फ जाने क्रमम गाडी ठोक्किन पुगेको हो ।

घटना दिउँसो १ बजेतिरको रहेको बताइएको छ । गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।