१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले कर्मचारीको गरायो कोरोना बीमा



अ+ अ-

काठमाडौंः सनराइज बैंक लिमिटेडले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोनाभाइरस  बीमा गराएको छ । कोरोनाभाइरसले देशव्यापी माहामारीको रुप लिइरहेको भन्दै आफ्ना कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको बैंकले  जनाएकाे छ ।

बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको बीमा गरिएको छ ।

बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रत्येक कर्मचारीहरुको १ लाख रुपैयाँ बराबरको सामुहिक बीमा गराएको हाे । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ ।

यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।

बैंकले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको जनाएकाे छ ।