काठमाडौँ । विदेशमा रहेका नेपाली कोरोनाका कारण रोजगारी गुमेर स्वदेश फर्किने युवाहरुलाई स्वदेशमा रोजगारीका लागि व्यवस्था गर्ने भएको छ । यसबाट कम्तीमा ५० हजार जनाले रोजगारी पाउने गरी विभिन्न भोकेसनल तालिम दिने व्यवस्था बजेटमा गरिएको छ । यस्ता तालिम केन्द्रहरुको स्थापना गर्ने, प्राविधिक तथा व्यवसायिक सीपका लागि सरकारले व्यवस्था गरेको अर्थमन्त्री डा।युवराज खतिवडाले व्यवस्था मिलाएको बताएको बताएका छन् । यस्ता सीपमूलक कार्यक्रमबाट कम्तीमा १ लाख रोजगारी सिर्जना हुने बताए । प्रधानमन्त्री रोजगार कोषलाई प्रदेश सरकारसम्म पनि विस्तार गरी रोजगारीको सिर्जना गरिने बजेटमा उनले प्रस्तुत गरे । श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा नलगाउने कामको कडाई गरिने छ । वैदेशकि रोजगार प्रवर्धन कोषलाई रोजगार पुनस्र्थापना गर्ने कोषका रुपमा पनि प्रयोग गरिने उनले बताए । उनले आज संसदमा पेश गरेको बजेटमा रोजगारीका कार्यक्रमहरु निकै भएको प्रस्तुत गरेका थिए ।












