२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ ।

शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको बताउनु भयो । सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य अघि बढाएको पनि बताउनु भयो । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको बताउनु भयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीकाअनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।