२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका



अ+ अ-

काठमाडौँ । देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताउनु भयो । उहाँले आफूहरुले एक जना पक्राय गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुल अहिले २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८८९ जना कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । समग्रमा २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । हामी अरु युनिट जस्तो जसलाई पक्राउ ग¥यौँ त्यहाँ मात्रै सिमित हुँदैनाँै । हामीले कम्तिमा दोस्रो, तेस्रो र कहिले कहीँ चौथे स्टेपमा समेत पुग्छौँ । दुव्र्यसनीलाई लगभग कारबाही गर्दैनौँ । तर उनीहरुको प्रयोग गरेर विक्री गर्नेहरुसँग पुग्ने प्रयास गर्छौं ।’

उहाँले दुव्र्यसनीमा रहेकाहरुलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको बताउनु भयो ।