३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाललाई सम्मानित नेता खनालको प्रश्न–‘तानाशाह बन्न खोज्नुभएको हो ?’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ ।

पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाउनु भयो । हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गर्नुभएको थियो ।

खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै (विराटनगर विमानस्थलमा सञ्चारकर्मिहरुसँग बोल्दै) ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष नेपालको उक्त अभिव्यक्ति पछि शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन,यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो । तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो ।’

उहाँले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गर्नुभयो । ‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई मेरो प्रश्न छ – कस्तो तानाशाह बन्न खोजेको हो ?’उहाँको प्रश्न थियो ।