२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितीले प्रतिवेदन तयार पार्न सकेन



अ+ अ-

काठमाडौं । सुवास चन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यवधि संघीय संसंदको छैटौ अधिवेशन सम्मका लागि थप गरिएको छ ।  

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले गरेको कार्यवधि थप सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । नेपाली कांग्रेस र राजपा नेपालले सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा संसदीय समिति गठन गर्न माग गर्दे निरन्तर संसद अवरोध गरेपछि २०७६ साउन २० गते नेकपाका उपनेता समेत रहेका नेम्वाङको संयोजकत्वमा अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको थियो । समितिलाई सार्थक वार्ता तथा संवाद मार्फत संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरि सुझाव दिनका लागि ३० दिनको समय दिईएको थियो । झण्डै १० महिना पुग्न लागिसक्त्ता पनि समितिले आफ्नो प्रतिवेदन तयार पार्न सकेको छैन । बुधबारको बैठकले समितिलाई छैटौ अधिवेशन सम्मको समय थप गरेको हो ।

त्यसैगरी बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिको बार्षिक प्रतिवेदन २०७७ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७६ पेश भएको छ ।

त्यसैगरी, रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै सासंदहरु प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले विधेयक पास गर्ने अवस्थामा मुलुक नरहेको धारणा राख्नुभएको थियो ।