२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक



अ+ अ-

काठमाडौं। सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गर्नुभएको छ ।

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताउनुभयो ।

कृतिको समीक्षा गर्दै समालोचक डा विन्दु शर्माले अपाङ्गता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गर्नुभएको भावनात्मक लेखनले आमपाठकलाई भावुक बनाएको बताउनुभयो ।

लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन् । रासस