२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्याप्टेन साब’को भव्य सेटमा छायांकन



अ+ अ-

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को भव्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो ।

विसं २०३० /४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन भइरहेको हो ।

विसं २०३० /४० को काठमाडौंमा कस्ता घर थिए भन्ने सेटमा देखिएको छ । एकै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षले जनाएको छ ।

“काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, “त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ ।” चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए ।

सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा ब्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३०/४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।

“जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ,” निर्देशक खनालले भने, “त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ ।”

चलचित्र ‘क्याप्टेन साब’को गत शनिबार (श्रावण १०)देखि छायांकन सुरु भएको छ । काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा हुनेछ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् ।

सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन ९ट्राइडेन्ट कन्सेप्ट०को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।




भर्खरै