२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताउनुभएको छ ।

संसदमा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किनुभएका सभामुख घिमिरेले यसबारे जानकारी गारनउुभएको हो ।

उहाँले लवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भयो । त्यसबारे पनि सम्मेलनमा छलफल भएको जानकारी दिनुभयो । अन्तर व्यवस्थापिक संघ (आइपियु) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ । त्यसको बारेमा पनि कुराकानी भयो । आइपियुका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ । त्यसको तयारीको सन्दर्भमा पनि सल्लाह भयो । छलफल भयो । यसपालिको बैठक विश्वभरका संसदका प्रमुखहरुसँगको छलफल भेटघाट, दुई पक्षीय भेटघाटका बारेमा पनि छलफल भयो । ’

सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियु) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गर्नुभएको थियो । सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको छ ।




भर्खरै