२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली यु–२० महिला रग्बी टोली घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ ।

आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदैछ । यसैका लागि सङ्घले आज १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् । टोली आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

सावित्री पुर्जाको प्रशिक्षणमा टोली छनोट भएको र हाल  सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको उहाँले बताउनुभयो ।

भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । अघिल्लो संस्करणअन्तर्गत यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । रासस