२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको लक्षण देखिएकी गर्भवतीको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । सप्तरीमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।  जिल्लाको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार मृतक महिलामा अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित  गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई १० दिनदेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या हुँदापनि स्वाब परीक्षण नगरिएको परिवारका सदस्यले गुनासो गरेका छन् ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । महिलाको स्वाब लिने तयारी भएको बताइएको छ ।