१८ असार २०८३, बिहीबार
,
Latest
कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँट र कोशी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयोः अमृतलाल राजवंशी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएकोे बताउनुभएको छ ।

भूमीसम्बन्धी विधेयकमा सोमवार भएको छलफलमा उहाँले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमीहिन बनाएको बताउनुभएको हो । त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएकोे बताउनु भयो । निकुञ्जले त्यहाँका जनतालार्ई पानी बिजुलीको सेवा समेत उपलब्ध नगराएको बताउनुहुँदै घर टहरा चुहिने अवस्थामा पुग्दा समेत नहेरेको आरोपप लगाउनु भयो । पीडितहरुको पक्षमा भूमी विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गर्र्न समेत उहाँले माग गर्नुभयो ।

सांसद राजवंशीले भन्नुभयो, ‘शुक्लाफाट र कोशी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो । निकुञ्जले कुनै सुविद्या दिएन । उनीहरुले बनाएको घरटहरा कुहिने अवस्था छ । सरकारले नैजनतालाई नम्बरी जग्गाबाट उठायो । पिडितहरुको पक्षमा विद्येयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस् ।’

उहाँले हाल सरकारले बनाएको भूमी आयोगले काम गर्न नसक्ने पनि बताउनु भयो । भूमी आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उहाँको भनाई छ ।




भर्खरै