२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन संसद भवनको कार्यप्रगतिबारे सांसदहरु निराशः पुस १६ भित्रै सकिने छैन आधार



file photo
अ+ अ-

काठमाडौँ । सांसदहरुले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले यस्तो आशंका गरेका हुन् । सरकारले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरु गर्न बाँकी रहेको सांसदहरुले बताए । समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गर्नुभयो । अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराउनु भयो । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘पुस १६ गतेसम्मको लागि म्याद थप भएको रहेछ । अब समयमै सम्पन्न हुन्छ की हुँदैन ? अझै काम धेरै बाँकी छ । फिनिसिङको काम ढिलो हुन्छ, धेरै बाँकी छ । अब म्याद थप्ने गरी नहोस् । क्रमिक रुपले काम भइरहेको छ । तर ढिलासुस्ती छ ।’

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले पटक पटक म्याद थप भएपनि काम सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ संसद भवनको निरीक्षण र अवलोकनका लागि हामी आएका छौँ । यो पटक पटक आयौँ । तर प्रगति सन्तोषजनक छैन । पुस १६ गतेसम्म पनि सकिएला जस्तो लाग्दैन ।’

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको बताउनु भयो । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘निरीक्षण गर्दा ५ प्रतिशत मात्रै फिनिसिङ भएको छ । यो अझै सकिन्छ जस्तो लाग्दैन । अझ दुई वर्ष लाग्छ जस्तो लागेको छ ।’

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताउनु भयो । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा एक वर्ष जुन म्याद थपिएको छ । यो थपिएको म्यादभित्र पनि सम्पन्न हुने स्थिति देखिँदैन । बहाना धेरै छन् । पटक पटक म्याद थपिँदा समेत यो समयमा काम सकिने स्थिति छैन । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । विकास निर्माणमा लापरवाही देखिन्छ, सरकारलाई नटेरेको देखिन्छ ।’

नयाँ निर्माणाधिन संसद भवन निर्माण आयोजनाका निर्देशक सुनिलकुमार ठाकुरले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बताउनु भयो । सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, ‘आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको छ । त्यहीअनुसार दुवै निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नलाई कार्ययोजना दिएर काम गरिरहेका छौँ । अधिकतम काम गर्ने हो । सिभिलका काम सकिसकेका छन् । फिनिसिङ काम बाँकी हो । त्यसको लागि चाहिने सामान जोहो भइसकेकाले समयमै काम सम्पन्न गर्नेछौँ ।’

सांसदहरुले सबैले जिम्मेवारी लिइ ताकेता गरेर भएपनि छिटो भन्दा छिटो सम्पन्न गराउने काममा लाग्नुपर्ने बताउनु भयो ।