२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।

आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।

थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।




भर्खरै