२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव शंकरको निश्कर्षः पूर्वराष्ट्रपति भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित, कडाईका साथ रोक्नुपर्छ



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बिषयमा नकारात्मक टिकाटिप्पणीलाई कडाईका साथ रोक्नुपर्ने पार्टी निश्कर्ष सुनाउनु भएको छ ।

केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीले गर्नुभएको गौरवपूर्ण कामलाई उच्च सम्मान गरेको तथ्य राखेर महासचिव पोखरेलले नकारात्मक टिकाटिप्प्णीलाई रोक्नुपर्ने पार्टी निश्कर्ष सुनाउनु भएको हो ।

‘पूर्वराष्ट्रपति सम्माननीय बिद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टिकाटिप्पणीहरु आइराखेका छन, त्यसलाई कडाइका साथ रोक्नुपर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न । यही कुरालाई ध्यानमा राखेर नै पार्टीले राजनीतिक निर्णय लिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमालेले नेपालको संबिधानले परिकल्पना गरेको संबैधानिक राष्ट्रपति, राष्ट्रपतिका रुपमा निर्वाह गरेको अबिभावकीय भूमिकाको रुपमा भण्डारी इतिहासमा सम्मान गर्ने नेतृत्वको रुपमा स्थापित भइसकेको पार्टीको ठहर रहेको जानकारी पनि दिनुभयो ।

महासचिव पोखरेलले एमाले केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैकठले राष्ट्रपति र पूर्वराष्ट्रपतिहरू सदैव सम्माननीय र आदरणीय रहनुपर्छ भन्ने ठहर गरेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको अभिभावकको रुपमा पदमा रहँदा गर्नुभएको काम अतुलनीय रहेको बताउनु भयो ।

‘राष्ट्रपतिका रुपमा उहाँ ९बिद्या भण्डारी० ले जुन भूमिका निर्वाह गर्नुभयो, राष्ट्रियताको पक्षमा, स्वाभिमानको रक्षाका लागि र जनताको हितमा जे काम गर्नुभयो, ती कामहरु सदैव सम्मान गर्ने खालका छन । उहाँको त्यो भूमिका राष्ट्रले सदैव अपेक्षा गरेको छ । त्यसैअनुसार उहाँलाई पार्टीको सदस्यको रुपमा होइन, देशकै सदाबहार अबिभावकका रुपमा रहनुपर्छ भन्ने एमालेको निश्कर्ष पार्टी, देश र उहाँको हितमा छ । यो सच्चाइलाई सवैले आत्मसाथ गर्नुपर्छ,’ पार्टी केन्द्रीय कार्यालयमा प्रचार क्षेत्रमा खटिएका अगुवा नेताहरुलाई महासचिव पोखरेलले भन्नुभयो ।

संबैधानिक राष्ट्रपति भनेको पदमा रहँदा मात्रै होइन, पदमा नरहँदा पनि सम्माननीय नै हुन्छ । जस्ले कुनै गल्ती गर्दैन र सवैका लागि आदरणीय हुन्छ, सम्माननीय हुन्छ । बिवादभन्दा माथि हुन्छ, सवैको साझा अबिभावकका रुपमा भूमिका रहन्छ । पदबाट हटेपछि पनि बिशिष्ट सम्मान र मर्यादा दिनुपर्छ भन्ने कुरा नै नेपालको संबिधान, गणतन्त्रको संस्थागत बिकास, पार्टी र स्वयं ब्यक्तिको हितमा हो भन्ने सच्चाइ स्थापित भएको छ । यो कुरालाई अन्यथा रुपमा बुझ्न वा दुश्प्रचार गर्न जरुरी छैन

महासचिव पोखरेलले एमालेले बिशिष्ट ब्यक्तिको सवालमा बिशिष्ट काम गरेको जनाउ पनि दिनुभयो । ‘संबैधानिक राष्ट्रपति भनेको पदमा रहँदा मात्रै होइन, पदमा नरहँदा पनि सम्माननीय नै हुन्छ । जस्ले कुनै गल्ती गर्दैन र सवैका लागि आदरणीय हुन्छ, सम्माननीय हुन्छ । बिवादभन्दा माथि हुन्छ, सवैको साझा अबिभावकका रुपमा भूमिका रहन्छ । पदबाट हटेपछि पनि बिशिष्ट सम्मान र मर्यादा दिनुपर्छ भन्ने कुरा नै नेपालको संबिधान, गणतन्त्रको संस्थागत बिकास, पार्टी र स्वयं ब्यक्तिको हितमा हो भन्ने सच्चाइ स्थापित भएको छ । यो कुरालाई अन्यथा रुपमा बुझ्न वा दुश्प्रचार गर्न जरुरी छैन,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले स्वयं पूर्वराष्ट्रपति भण्डारी पनि यस बिषयमा प्रष्ट रहनुभएको जानकारीसमेत दिनुभयो । ‘केहीकेहीले पूर्वराष्ट्रपति भर्सेस पार्टी हो कि भन्ने देखाउन खोजे पनि त्यो हल्लाको आयू सकियो । पूर्वराष्ट्रपति भर्सेस पार्टी भन्ने छँदै थिएन, हुँदै होइन । तथ्यले नै यो कुरा पुष्टि गरिसकेको छ,’ पोखरेलले भन्नुभयो । एमालेले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने निर्णय गरिसकेको छ ।

सो निर्णयको बिषयमा सबिस्तार चर्चा गर्ने क्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीप्रति भइरहेको नकारात्मक टिकाटिप्पणी गणतन्त्रबिरोधीहरुको खेती भएको निश्कर्ष सुनाउनु भयो । महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको बिषयमा पनि बिरोधीले गरेको दुश्प्रचार र अफवाहको आयू सकिएको घोषणासमेत गर्नुभयो ।




भर्खरै