२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरका मेयर बालेनलाई पाटन उच्च अदालतको झड्का



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नेप वेष्टसँग भएको सम्झौता एकतर्फी रूपमा रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णयलाई पाटन उच्च अदालतले बदर गरिदिएको छ ।

वेष्ट प्रालिले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको हो ।

न्यायाधीशहरु चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले गरेको फैसलाले महानगरपालिकाको एकलौटी निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।

लगानी बोर्ड र वेष्ट प्रालिबीच २०७५ जेठ ९ गते भएको परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । तर, २०७८ चैतमा काठमाडौँ महानगरपालिकाले आफैँ सञ्चालन गर्ने भन्दै परियोजना हस्तान्तरण गरायो । त्यसको एक वर्षपछि, २०८० वैशाख २३ गते, महानगरले परियोजना कार्यान्वयनमा कठिनाइ भएको भन्दै सम्पूर्ण कागजात लगानी बोर्डलाई फिर्ता पठायो । महानगरको यही कदमविरुद्ध वेष्टन अदालत पुगेको थियो ।

‘परियोजना फिर्ता पठाउने निर्णय महानगर कार्यसमितिको हो वा नगरप्रमुखको हो ? कुन तहको निर्णय हो भन्ने व्यहोरा उक्त पत्रमा खुलेको अवस्था देखिएन’, अदालतको आदेशमा भनिएको छ ।




भर्खरै