२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारिलो हतियार खुकुरी प्रहार गर्ने २ जना पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौँको गोङ्गबुमा भएको खुुकुरी आक्रमण घटनामा संलग्न रहेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूबाट दुई थान धारिलो हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ। साउन २० गते साँझ ५:१० बजे गोङ्गबु नगरपालिका–६, नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकको सडक खण्डमा आक्रमणको घटना भएको थियो।

मकवानपुर स्थायी घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका २१ वर्षीय सुन्दर लामाले धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई आक्रमण गरेको र त्यसपछि फरार भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

घाइतेलाई तत्कालै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उद्धार गरी शंखरापुर अस्पताल, नारायणटारमा प्राथमिक उपचार गराएको थियो। अवस्था गम्भीर भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचारका लागि रेफर गरिएको हो।

उक्त घटनामा संलग्न रहेर फरार भएका दुई जना युवालाई सोही दिन साँझ ७ बजे पक्राउ गरिएको छ। पक्राउ पर्नेहरू रामेछापको टमखानी लिब्रिबोट क्षेत्रका हुन्।

पक्राउ परेका व्यक्तिहरूमा धनकुटा भेडेटार स्थायी घर भई हाल गोङ्गबु नगरपालिका–७, दक्षिण ढोकामा बसोबास गर्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका–१ स्थायी घर भई हाल गोङ्गबु नगरपालिका–५, जोरपाटीमा बस्दै आएका १८ वर्षीय संकर मगर रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट दुई थान खुुकुरी बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।