२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहमति कार्यान्वयन नगरेपछि शिक्षक महासंघको आन्दोलनको तयारी



अ+ अ-

काठमाडौं। नेपाल शिक्षक महासंघले आगामी भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको महासंघको बैठकले सरकारले पुराना सहमति कार्यान्वयन नगरेको भन्दै भदौ दोस्रो साताबाट चरणबद्ध आन्दोलन सुरु गर्ने तयारी पनि थालेको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार आन्दोलनका कार्यक्रम तयार पार्ने जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको छ। समितिले तयार पारेको आन्दोलनको कार्ययोजना राष्ट्रिय समितिले पारित गरेपछि भदौ दोस्रो साताको सुरुबाटै सार्वजनिक गरिने सुवेदीले जानकारी दिए।

उनले अहिले बाहिर चर्चामा आएका विषयहरू शिक्षकको पक्षमा सकारात्मक नदेखिएको पनि टिप्पणी गरे। सुवेदीले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएकाले दबाबमूलक कार्यक्रम अपरिहार्य बनेको बताए।