२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलको आग्रह :‘दशौं खेलकुद प्रतियोगिताको मिति तोक्नुहाेस्’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित नहुने गरी मिति तोक्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन्।

दशौं राष्ट्रिय खेलकुदसम्बन्धी परामर्शका लागि बिहीबार सुर्खेत आएका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले विगतमा मिति तोकिए पनि प्रतियोगिता हुन नसकेको भन्दै अब यस्तो नदोहोरिने गरी स्पष्ट मिति तय गर्नुपर्नेमा जोड दिए।

“पटक–पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा नकारात्मक सन्देश गएको छ,” उनले भने, “अब त्यस्तो गल्ती नदोहोऱ्याउनुहोस्।” कँडेलले कर्णाली प्रदेश सरकार खेलकुद आयोजनाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोजनामा प्रदेश सरकारको कारणले अवरोध नआउने स्पष्ट पारे। उनले प्रतियोगिता स्थगन नहोस् भन्ने सुनिश्चित गर्न संघीय र प्रदेश सरकारबीच जिम्मेवारी स्पष्ट हुने गरी तालिका तयार पार्न आग्रह गरे।

त्यस्तै, उनले पूर्वाधार निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै प्रतियोगिता सञ्चालनका नाममा अनावश्यक उपसमितिहरू गठन नगर्न चेतावनीसमेत दिए। “यहाँ नभएका जनशक्ति बाहिर ल्याउनु ठीक छ, तर जम्बो उपसमिति बनाउने प्रवृत्तिबाट टाढा रहनुपर्छ,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि खेलकुद प्रतियोगिता स्थगन नहोस् भनेर सरोकारवालाहरूलाई निर्देशन दिएको स्मरण गराउँदै मुख्यमन्त्री कँडेलले त्यो निर्देशन पालना गर्न खेलकुद मन्त्रीलाई आग्रह गरे।

छलफलमा कर्णालीका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री धनश्याम भण्डारीलगायत सहभागी थिए। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अब केही समयभित्र प्रतियोगिताको मिति तोकिने जानकारी दिँदै प्रदेश सरकार त्यसअनुसार तयारीमा जुट्नुपर्ने बताए।