२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवी क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले समितिको तर्फबाट निर्देशन दिनुभयो । साथै कार्यप्रगतिको विवरण उपलब्ध गराउन समितिले पत्राचार गर्ने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्रिवी क्रिकेट रंगशालाको कार्य प्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो त्यो उपलब्ध गराउनु भनेर समितिले निर्देशन दिन्छ । समितिको तर्फबाट पत्रचार गर्दछौँ ।’

अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराई काम भइरहेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।




भर्खरै