२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो ।

छलफलमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।

सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताउनुभयो । उहाँले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताउनुभयो । विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रष्ट पारिएको उहाँले बताउनुभयो ।

यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन हुनुभएका प्रतिनिधिसभाका पूर्व सदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।