२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ।  गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उहाँले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने भन्दै उहाँले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

“सडक दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ”, उहाँले भन्नुभयो, “प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।” उहाँले गुण्डागर्दी र बिचोलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

“प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन शिष्ट आचरण÷व्यवहारका साथ सेवाग्राहीको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन ।”

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो । “उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “प्रहरीको कार्यसम्पादन सरकारसित जोडिएको विषय पनि हो ।”

त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथै विपद् व्यवस्थापनमा समेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोत साधानका बीच पनि उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको बताउनुभयो ।