२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बन्धनको अवसरमा नायिका निता ढुंगाना निर्देशित ‘पार्वती’का दुई पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं। रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्।

अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माणपक्षका अनुसार ‘पार्वती’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ।

पहिलो पोस्टरमा मुख्य पात्र ‘पार्वती’लाई पहेंलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखाइएको छ, जसले उनको जीवनका चुनौती, सोचमग्न स्वभाव र भित्रको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अन्दाजमा प्रस्तुत भएकी छन्, जसले बालपनको रमाइलो, निराशता र जीवनप्रतिको सहज दृष्टिकोणलाई संकेत गर्छ।

फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्। निर्माणपक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको दृष्टिबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव प्रस्तुत गरिनेछ।

असोजदेखि छायांकन सुरु हुने फिल्मका कलाकार र थप प्राविधिकबारे विवरण चाँडै सार्वजनिक गरिने निर्देशक अधिकारीले जनाएकी छन्। उपत्यकामा वितरणको जिम्मा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले लिएका छन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।