२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२५ मा १५ लाख अफगानी निर्वासित हुने आइ ओ एमको चेतावनी



अ+ अ-

एजेन्सी । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइ ओ एम) ले अफगानिस्तानले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको उल्लेख गर्दै यस वर्ष मात्र १.५ मिलियन आप्रवासी निर्वासित भई छिमेकी देशबाट स्वदेश फर्किने चतावनी दिएको छ ।

सङ्गठनका अनुसार अन्तर्राष्ट्रिय समर्थन बिना नै अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने पाकिस्तानी निर्णयले अफगानीस्तानलाई तत्काल गम्भीर सङ्कट तिर धकेलिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि उप प्रवक्ता फरहान हकले अफगानीहरुले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको बताउदै तत्काल अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नु भएको छ ।

यसै गरी सन् २०२३ सेप्टेम्बर देखि हाल सम्म ४० लाख भन्दा बढी अफगानहरू इरान र पाकिस्तानबाट फर्केको उल्लेख गर्दै २०२५ मा मात्र १.५ मिलियन भन्दा बढी फर्किने टोलो न्यूजले जनाएको छ ।

“युएन वुमन” ले प्रतिवेदन जारी गर्दै निर्वासित आप्रवासीहरूको लगभग आधा हिस्सा महिला तथा वालवालीका भएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार अफगानिस्तान फर्केपछि उनीहरुले गरिबी, हिंसा र प्रतिबन्ध लगायतका खतराहरूको सामना गरिरहेका छन् ।

इरान र पाकिस्तानबाट चलिरहेको जबरजस्ती निर्वासनको बीचमा सामूहिक निर्वासनको सम्भावित नतिजाको बारेमा चेतावनी आएको हो ।




भर्खरै