१६ असार २०८३, मंगलवार
,
Latest
कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रबैकमा पासको दूरुपयोग, लधुबित्त सम्बन्धी बित्तिय संस्थाले पास पाएनन्



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरूलाई वर्गिकरण गरी ५ देखि २० वटा पास उपलब्ध गराइएको भएपनि लधुबित्त सम्बन्धी बित्तिय संस्थाले  पास नपाउदा कारोबारमा समस्या भएको गुनासो गरेका छन् ।  

राष्ट्र बैंकले चारवटै वर्गका बैंकहरूको एसोसियसनमा एकमुष्ठ पास उपलब्ध गराए पनि केही संस्थाले आफ्नो कोटाको पास समेत नपाएको दुखेसो पोखेका छन् । राष्ट्र बैंकले वितरण गरेको पास एसोसियनमा रहेकाहरूले नै बाँडिचुँडी गरेपछि आफूहरुले नपाएको लघुवित्त वित्तीय संस्थाहरूले बताएका छन् । वनेपाको घरेलु लघुवित्त वित्तीय संस्था त्यसरी पास नपाउने संस्थामध्येको एउटा प्रतिनिधी संस्था हो । 

लधुबित्त संबन्धि बित्तिय संस्थाले पटक पटक राष्ट्रबैकका उच्च अधिकारीहरुलाई गुनासो गरेपनि कुनै सुनुवाई गरेका छैनन् । यता वाणिज्य बैंकका उच्च अधिकारुीहरुले नीजि गाडीको प्रयोगको लागि पनि राष्ट्र बैंकबाटसबारी  पास पाएका छन् । कर्मचारीले प्रयोग गर्ने सामूहिक गाडीमा कोरोना सर्ने भयले अधिकांश वाणिज्य बैंकका उच्च अधिकारीहरुले आफ्नै नीजि सबारीमा  प्रयोग गरेका छन् । राष्ट्र बैंकले अभिलेखमा उल्लेख नगरी दिइएको पास झुण्डाएर रेमिट्यान्स कम्पनीका गाडी पनि सडकमा निर्बाध रुपमा गुडेका छन् । जबकी राष्ट्र बैंकसँग चार थरीका बैंक तथा वित्तीय संस्थालाई मात्र पास दिने अधिकार गृह प्रशासनले दिएको छ । 

यस अघि केही दिन अघि  राष्ट्रिय सभामा बोल्दै सत्तापक्षका सांसद रामनारायण बिँडारीले  प्रमुख जिल्ला अधिकारी  र जिल्ला सुरक्षा प्रमुखले  आफुसंग जाँड खाने र तास खेल्ने साथीहरूलाई पास  बाँडेकोले पासको दुरूपयोग भएको आरोप लगाउनु भएको थियो  । पासका लागि वाणिज्य विभाग अघिल्तिर देखिएको भीड र सडकमा गुडेका रेमिट्यान्स कम्पनीका गाडीको संख्याले पनि वितरण दूरुपयोग भएको स्पष्ट देख्न सकिन्छ ।