२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ



अ+ अ-

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ। उनीहरूको साथबाट पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा अवैध सुन–चाँदीको कारोबार भइरहेको शंका लागेपछि पोखरा महानगरपालिका–२, ३, ४ र ९ का विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट ५४९ तोला ४० लाल सुन र ४४४ तोला ७३ दशमलव ९ लाल चाँदी बरामद भएको छ। पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीको भनाइ छ। यसअघि पनि प्रहरीले अवैध सुन–चाँदीसहित भारतीय नागरिकलाई पटक–पटक पक्राउ गरेको छ।