१६ असार २०८३, मंगलवार
,
Latest
कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस बुझाएको अभियोगमा कर्मचारी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

विराटनगर । प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र  त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएका थिए ।

सो घटनाको सामान्य जानकारीपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।
 
आर्थिक मामिला मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिँदै आएको गुनासो आएको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखाका कर्मचारीले दुःख दिनाका साथै फाइलसमेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीले गर्दै आएका छन् ।