२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियासँग ११ गोल खाँदै एसिया कपको दौडबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौं । एएफसी यू-२० महिला एसियन कपको छनौटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएको छ ।

भुटानमा जारी छनोटमा उत्तर कोरियासँग झण्डै एक दर्जन गोलले पराजित भएको नेपाल एसिया कपमा पुग्न सकेन । समूह ‘ए’मा रहेको उत्तर कोरिया भने ९ अंक जोड्दै एसिया कपमा पुगेको छ ।

खेलको तेस्रो मिनेटमा नै पहिलो गोल गरेको उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप ६ गोल गर्‍यो । उत्तर कोरियाले १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्‍यो । दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं, इन्जुरी समयको पहिलो, छैटौं र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।

नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।