२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी



अ+ अ-

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।

भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए । गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए ।

अस्पतालमा विशेष गरी भारतको पश्चिमी चम्पारणबाट बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रका बिरामीले नजिक, सहज र सस्तो उपचार ठोरीमा पाउने गरेका छन् । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बहिरङ्ग (ओपिडी) सेवा लिनेले रु ८० को टिकटमा परीक्षण गर्न पाएको बताउनुभयो ।

भारतीय क्षेत्रका बिरामी अधिकांश मोतियाबिन्दु र आँखाको नानीको चोटपटकको समस्या लिएर आउने गर्दछन् । ती बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्दा कम शुल्कमा उच्चस्तरको उपचार हुने भएकाले भारतीय बिरामीसमेत बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । भारतीय क्षेत्रका ती बिरामीले नेपालको ठोरीमा उपचार नपाउँदा गोरखपुर पुग्नुपर्ने हुन्छ । भरतपुर आँखा अस्पतालले दाताहरुकोसमेत सहयोग पाउने हुँदा कम शुल्कमा उपचार सेवा दिन सकेको खड्काले बताउनुभयो ।

कतिपय बिरामीलाई थप सेवा दिनुपर्दा भरतपुर आँखा अस्पताल ल्याएर उपचार गर्ने गरिएको छ । कतिपय समयमा भरतपुरबाट विभिन्न विषयका विज्ञ चिकित्सक गएर ठोरीमा नै पनि उपचार गर्ने गरिएको छ । भरतपुर आँखा अस्पतालले विभिन्न जिल्लाका २५ ठाउँबाट सेवा दिँदै आएको छ ।