२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा अल जजिराका पाँच पत्रकारको मृत्यु



Photo : अल जजिरा
अ+ अ-

काठमाडौं । इजरायलको आक्रमणमा परेर अल जजिराका पाँच पत्रकारको मृत्यु भएको छ ।

गाजा शहरको अल–शिफा अस्पतालनजिक रहेको टेन्टमा गएराति इजरायलले आक्रमण गर्दा पाँच पत्रकारसहित सात जनाको मृत्यु भएको हो ।

संवाददाता अनस अल–शरीफ र मोहम्मद क्रेइकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो । जसलाई अल जजिराले ‘पूर्वनियोजित आक्रमण’ भनेको छ ।

मारिएका मध्ये २८ वर्षीय अल–शरीफ लामो समयदेखि गाजाको उत्तरी भागबाट गहिरो रिपोर्टिङ गर्दै आएका संवाददाता हुन् । उनले मारिनुभन्दा केही अघि एक्समा भिडियो पोस्ट गरेका थिए, जुन भिडियोमा इजरायली मिसाइल आक्रमणको ठूला विस्फोटको आवाज सुन्न सकिन्छ ।