१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ



अ+ अ-

काठमाडाैंः प्रेस कार्ड बोकी चोरी डकैतीमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । 

विश्वव्यापी कोरोना भाइरसको महामारीको अवस्थामा भएको लकडाउनको मौका छोपी रात तथा दिनको समयमा बिगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न स्थानमा चोरीका घटनाहरु हुन थालेपछि प्रहरी टाेलीले सिनामंगलस्थित एरेर बाेइज हाेस्टेलबाट सामान चाेरीकाे अभियाेगमा दुइ जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ परेकाहरूमा  २१ वर्षीय आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली तथा २८ वर्षीय अलि आलम मिया (जिल्ला बारा बड्की फुलबारी गा.पा. ३) रहेका छन् । प्रहरीले उनीहरूकाे साथबाट  एप्पल कम्पनीको ल्यापटप १ थान, एप्पल कम्पनीको I pad २ थान,  बिभिन्न ब्राण्ड माेबाइल ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, Canon क्यामेरा १ थान, बा.२७ प.९४९० नम्बरको Avenger मो.सा. १ थान तथा AP1 टिभीको प्रेस कार्ड रहेका छन् ।

साथै प्रहरीले उनीहरूकाे साथमा झाेला जाँच गर्दा नगद रु ५३ हजार, अमेरिकन डलर तीन सय, चिनियाँ युयान २०० पनि फेला पारेकाे महानगरीय प्रहरी महाशाखाले जनाएकाे छ ।